भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ सम्मानित

पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितााको अवसरमा भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ सम्मानित भएका छन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बुधबार प्रतियोगिताको समापन कार्यक्रमको अवसरमा हालै भारतको बैंकलोर कर्नाटामा सम्पन्न भएको भलिबल कोचिङ सर्टिफिकेट कोर्षमा ७९ प्रतिशत अर्थात ए ग्रेड लिएर उत्कृष्ट भएका बानियाँलाई गण्डकी प्रदेशका सांसद विनोद केसीले कदरपत्रले सम्मान गरेका हुन् ।

बेनी नगरपालिका वडा नं ९ घतान काउँलेगौडाका बानियाँले प्रशिक्षणमा उत्कृष्ट भएका थिए ।लोकप्रिय खेलाडी एवम् काउलेगौडाँ यूवा क्लवका संस्थापक अध्यक्ष समेत रहेका बानियाँलाई सम्मान कार्यक्रमको अवसरमा नेकपामा जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा समेत उपस्थित रहेका थिए । खेलाडी हुदै कलिलै उमेरमा प्रशिक्षक भएर बानियाँले म्याग्दीका साथै विभिन्न जिल्लामा प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । उनी आवद्ध केवाईसी भलिबलमा लोकप्रिय क्लवको रुपमा स्थापित छ ।