मौवाफाँट–पात्लेखेत लामो पुलको सर्वे

म्याग्दीको दुई स्थानीय तह जोड्ने झोलुङ्गे पुलको सर्वे भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका –१० पात्लेखेत जोड्ने करिब ३ सय २८ मिटर लामो पुलको सर्वे भएको छ । पुलको सर्वेसँगै निर्माणकार्यले समेत तिब्रता पाउने नेकपाका नेता बालकृष्ण सुबेदीले बताए ।

उनका अनुसार दुवै क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने गरी पुल निर्माणलाई समेत तिब्रता दिने जनाए ।
पुलका लागी प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले पहल गरेको सुबेदीले बताए । पुल बनेपछि पात्लेखेतका साथै रघुगंगा गाउँपालिकाको झिँबाट समेत आवतजावतमा सहज हुने अनुमान गरिएको छ ।