अस्ट्रेलियामामा फुर्सदमा सिलाईकटाई

अस्ट्रेलियामा रहेका साजन परियारको दैनिकी अन्य म्याग्देलीको भन्दा फरक छ । उनी अरु विद्यार्थीजस्तै नियमित कलेज जान्छन्, पाएसम्म काम पनि गर्छन्। खाने र सुत्ने समयको तालिका नियमित हुदैन् । कहिले पाँचघण्टा पनि सुत्न नपाउने साजनले कलेज र कामबाहेक पनि कोठामै नेपालीलाई सेवा गर्ने र आम्दानी हुने सिलाई कटाईमा पनि ब्यस्त हुन्छन् ।

जिल्लाको रघुगंगा गाउँपालिका घरभई हाल बेनी गणेशटोलमा सिलाईकटाई ब्यवसाय अंगालेका अभिभावककै सीपलाई उनले अस्टे«लियामा समेत प्रयोग गरेका छन् । उनले नियमित तालिकाबाहेक फुर्सदमा सिलाईकटाईबाट पनि आम्दानी गरिरहेका छन् । ‘मेरो पुख्यौली पेशा नै भएकाले यहाँपनि आफ्नो सीपलाई प्रयोग गरेको छु,‘अर्डर अनुसार बनाउँछु’ परियारले भने ।

उनले आफ्नो सीपलाई खेर जान नदिने गरी कोठामै मेसिन राखेको बताए । सिलाईकटाई पेसालाई सहायक पेसाका रुपमा अंगाल्न चाहनेहरुका लागी पनि अस्टे«लियामा आवश्यकता अनुसार सीप सिकाउने गरेको बताए । बेनीमा खेलकुदसँगै अभिभावकसँग पनि सिलाईकटाईमा ब्यस्त हुने गरेका परियारले अस्टेलियामा रहेका म्याग्देलीलाई सेवा गर्न चाहेको बताए । उनले सस्तोमा आर्कषक सेवा दिएर मन जित्ने बताए ।