स्वर्णपदक विजेता श्रेष्ठलाई गलेश्वर आर्दश माविले सम्मान

गलेश्वर आर्दश माविले विद्यालयमो गण्डकी प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता रश्मी श्रेष्ठलाई सम्मान गरेको छ । बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानध्यापक खगेन्द्र जिसीले श्रेष्ठलाई सममान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै जिसीले विद्यार्थीलाई शैक्षिकसँगै अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुदमा समेत प्राथिमकता दिएको बताए । ‘खेल क्षेत्रको विकासमा हाम्रो चासो छ,‘खेल स्वास्थ्यका लागि पनि फाईदा हुन्छ’ उनले भने ।

सम्मान कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीले समेत खेलाडी श्रेष्ठलाई सम्मान गरेका थिए । नेपाल तेक्वान्दो संघ ३ न. प्रदेश समितिले काठमाडौमा आयोजना गरेको प्रतियोगिताको ४६ केजी तौल समूहमा गण्डकी प्रदेशबाट उत्कृष्ट खेल प्रर्दशन गरेकी श्रेष्ठ साक राष्ट्रस्तरीय खेलमा समेत अवसर पाउने भएकी छन् ।

गत असार ६ र ७ गते सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी थिए श्रेष्ठको खेलबाट आयोजक समेत उत्साहित हुदै दक्षिण एशियाली साफ खेलकुद प्रतियोगिताको छनौट प्रतियोगितामा भाग लिन पाउने भएपपछि विद्यालयले शिक्षालाई असर नगर्ने गरी सहभागीताको वातावरण बनाउने विद्यालयका प्रबन्ध निर्देशक अमृतमान शेरचनले बताए । उनले विद्यालयमा समेत खेलकुद गतिविधिलाई थप ब्यवस्थित बनाउने बताए ।