म्याग्दीका तेजेन्द्र बानियाँ भारतमा उत्कृष्ट भलिबल प्रशिक्षक बने

म्याग्दीका एक भलिबल प्रशिक्षक भारतमा सम्पन्न प्रशिक्षणमा उत्कृष्ट घोषित भएका छन् । जिल्लाको बेनी नगरपालिका वडा नं ९ घतान काउँलेगौडाका तेजेन्द्र बानियाँ भारतको बैंकलोर कर्नाटामा सम्पन्न भएको भलिबल कोचिङ सर्टिफिकेट कोर्षमा ७९ प्रतिशत अर्थात ए ग्रेड लिएर उत्कृष्ट भएका हुन् ।

म्याग्दीमा भलिबल खेलमा लोकप्रिय एवम् काउलेगौडाँ यूवा क्लवका संस्थापक अध्यक्ष समेत रहेका बानियाँ खेलाडी हुदै कलिलै उमेरमा प्रशिक्षक भएर म्याग्दी र मुस्ताङमा भलिबल प्रशिक्षण समेत गरेका थिए । जिल्लामै लोकप्रिय भलिबल खेलाडीको रुपमा स्थापित भएर प्रशिक्षणमा सक्रिय भएका बानियाँले ४५ दिनको प्रशिक्षणमा कक्षा प्रथम भएर विभिन्न चरणमा आफ्नो उत्कृष्टता प्रर्दशन गर्न सफल भएका हुन् ।

‘मेरो खेलकुद जीवनमै उत्कृष्ट कार्य हो,‘मैले प्राप्त गरेको सीपले भविस्यमा थप उचाईमा पु¥याउन सहज हुनेछ’ बानियाँले बेनीअनलाइनलाई भने । उनका अनुसार खेल प्रशिक्षणको अवधीमा सिकेका अभ्यास र कलालाई खेलकुदसँगै आफ्नो दैनिक जीवनमा समेत प्रयोग गर्ने बताए । उनले भारतमा आयोजित प्रशिक्षणबाट खेलकुद सहित विभिन्न अभ्याससँगै उत्कृष्ट नजिताले भलिबल खेलमा उर्जा थपेको बताए ।

भारतीय खेल प्राधिकरणको आयोजनामा भएको प्रशिक्षणमा बानियाँ नेपाल सरिकारको खेलकुद परिषद्बाट ५० प्रतिशत शुल्कमा सहभागी भएका थिए । उनको खेलबाट प्रशिक्षक समेत उत्साहित भएको बताइएको छ । जिल्ला खेलकुद विकास समितिमा खेलप्रशिक्षणको रुपमा कार्यरत भएको अनुभव सम्हालेका बानियाँ गण्डकी प्रदेशका खेलकुद गतिविधिमा समेत प्रशिक्षणको भूमिकामा देखिएका थिए ।