गोठमा बसेकालाई सहयोग जुट्न थाल्यो

जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेको गोठमा विगत पाँचबर्षदेखि बस्दै आएका दाजुबहिनीलाई सहयोग जुट्न थालेको छ । चरम गरिबीकै कारण छिमेकी मुनाबाट विस्थापित भएका ७० बर्षीया घमिष्टा र ८२ बर्षका चन्द्रबहादुर भण्डारीको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि धारापानी घरभई हाल काठमाण्डौमा रहेका यूवा अर्जुन थापाले ५ हजार, इन्द्र थापाले ५ हजार सहयोग गरेका छन् । त्यस्तै सहयोग आउने क्रम जारी छ ।

जीर्ण अवस्थामा रहेको गोठमा बस्ने घमिष्टाले गाउँमा मागेर छाक टार्ने गरेका भण्डारी दाजुबहिनीको नाममा बैंकमा खाता सञ्चालन गरी सहयोग जम्मा गरिने छ । मुनाबाट बि.श २०७२ बैशाखमा गएको भूकम्पबाट विस्थापित भएर ताकमको हिलापोखरी हुदै धारापानी आएका उनीहरूलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिएपनि विहानबेलुकी हातमुख जोड्न मुस्किल भएको खवरलाई प्राथमिकता साथ प्रकाशित गरेपछि उनलाई नयाँ घर खोज्ने कार्य समेत सुरु भएको छ भने आर्थिक सहयोग अभियानले समेत तिब्रता पाएको छ ।