रूमका मृगौला रोगी पटेल जीवन मरणको दोसाधमा

म्याग्दीका एक यूवाको मिर्गौला प्रत्यारोपणका लागि खर्च जुटाउन नसक्दा जीवन मरणको दोसाधमा पुगेका छन् । जिल्लाको मालिका गाउँपालिका–३ रुम इग्रेका ३८ बर्षिय मानबहादुर पटेलको दुवै मृगौलाले काम नगरेपछि नियमित डायलासिस गराउँदै आएका पटेलले प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका छन् । आमा चन्द्रकुमारी पटेलको मृगौला म्याच भएपनि प्रत्यारोपणसँगै औषधी सेवन लगाएतको खर्च जुटाउन नसक्दा जीवन मरणको दोसाधनमा पुगेका हुन् ।

‘आर्थिक अभावकै कारण उपचारमा असर गरेको छ,‘आमाको मृगौला म्याच गरेपनि थप खर्चको अभाव भएको छ’ पटेलले भने । कमजोर आर्थिक अवस्थाका कारण सहयोग खोज्दै सदरमुकाम बेनी आएका पटेलले मिर्गौला परिवर्तनका लागि सहयोग मागिरहेका छन् । विपन्न परिवारका पटेल परिवार खेती किसानीबाट चलेको थियो । ऋण, धन गरेर पहिलो चरणमा उपचार गरेपनि थप आर्थिका लागि घरजग्गा समेत धितो राखेर कर्जा निकालिएपनि सम्भव नभएपछि सहयोगको याचना गरेको पीडित पटेल परिवारको भनाई छ । पटेलका घरमा आमाबुबा, श्रीमति, १ छोरा र १ छोरी छन् ।

पटेलको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यसमितिका अध्यक्ष राजेश शाक्य लगाएतले ४० हजार संकलन गरेका छन् । त्यस्तै कोषका सदस्य डक रोकाको संयोजकत्वमा एक समिति समेत बनाएर पटेलको उपचारमा सहयोग जुटाउने अभियान सुरु भएको छ । आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि कोषले सहयोगी भूमिका निर्वाह गरेपनि थप सहयोगका लागि सबै क्षेत्रबाट सहयोगको अपिल गरेको शाक्यले बताए ।