यसरी सकियो प्रधानमन्त्री मातहतको साढे ४ अर्ब बजेटः कहाँ कति ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहतका निकायका नाममा बिनियोजित अर्बौँमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको छ । यिनै शीर्षकमा बर्सेनि अर्बौँ रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन ।