रेशमलाई हस्पिटल भेट्न गएका बाबुरामले भने : हिजोको गोलघेराको यातना कति छिट्टै विर्सेका हुन् ?

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईले टीकपुर घटनाका दोषी ठहरिएका सांसद रेशमलाल चौधरीलाई वीर अस्पताल पुगेर भेटेका छन् । फोक्सो तथा हाडजोर्नीमा गम्भीर समस्याका कारण उपचारका लागि डिल्ली बजार जेलबाट वीर अस्पतालमा भर्ना गरिएका सांसद चौधरीलाई खुट्टामा नेल लगाएर उपचार गराएको प्रति पुर्व प्रधानमन्त्री समेत रहनुभएका डा. भट्टराईले आपत्ति जनाउनु भएको छ । राजपाबाट कैलाली १ मा निर्वाचित चौधरीलाई अदालतले टिकापुर घटनामा दोषी सावित गरी जन्म कैदको फैसला सुनाएको थियो । उनकाे खुट्टामा नेल लगाइएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि बाबुराम भेट्न पुग्नुभएको थियो ।

बाबुरामले सामाजिक सञ्जालमा तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै लेख्नुभएको छ, अस्पतालमा उपचार टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ? , उनले प्रश्न गरेका छन्, आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका हुन् ? यो हर्कत तुरून्त बन्द गर । news24nepal.com