मानसिक सन्तुलन गुमाएका एक यूवा दुईसातादेखि बेपत्ता

मानसिक सन्तुलन गुमाएका एक यूवा दुईसातादेखि बेपत्ता भएका छन् । जिल्लाको मंगला गाउँपालिका–२ बावियाचौर सिमलचौरका रामचन्द्र शाही सम्पर्कविहिन भएको परिवारले जनाएका छन् । एकदशकदेखि मानसिक सन्तुलन गुमाएका शाही घरआसपासबाटै सम्पर्कविहिन भएको स्थानीय यूवा रामचन्द्र पौडेलले बताए ।

उनका अनुसार लामो समयदेखि बेपत्ता हुदै घरको सम्पर्कमा आउने गरेका शाहीको खोजीकार्यमा सहयोग गर्न उनका बुबा रामबहादुरले समेत अपिल गरेका छन् । लामो समयसम्म सदरमुकाम बेनी आसपासमै देखिने गरेपनि पछिल्लो समय घरआसपास, बावियाचौरसम्म आउनेजाने गरेको अवस्थामा एक्कासी सम्पर्कविहिन भएपछि परिवारले खोजी सुरु गरेको थियो । केहीले उनी मुस्ताङतर्फ गएको बताएपछि प्रहरीमार्फत खोजीकार्य भइरहेको छ ।

Contact No:‭9848824298