पातिचौरमा भएको सवारी दुर्घटना एकको मृत्यु .

पोखराबाट बागलुङतर्फ जाँदै गरेका थापाले चलाएको ग ९ प ७७ ३७ नं. को मोटरसाइकल र कुस्माबाट पोखरातर्प आउँदै गरेको ना ५ ख ६३ ५२ नं. को यात्रुवाहक बस पातिचौरमा आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल नै मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको भए पनि बाटोमा नै मृत्यु भएको हो । प्रहरीले बस र बसका चालक गोरखाका गोविन्द चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।