फोहोर संकलन गदैं यूवा सञ्जाल

यूवा सञ्जाल म्याग्दीले सदरमुकाम बेनीको पोलमा विभिन्न संघसंस्था र राजनीतिक दलको पोष्टर, ब्यानर कुरुप बनेपछि सरसफाई अभियान सञ्चालन गरेका छन् । बिहिबार सञ्जालको अगुवाईमा सदरमुकाम बेनीका पोलमा टाँसिएको पोष्टर तथा साम्रागीलाई हटाएर पेन्ट समेत गरिएको छ ।

यूवा सञ्जालमा आवद्ध यूवाहरुले सुन्दर बेनीबजारका पोल र चोकचोकमा अनावश्यक पोष्टर, भित्ते लेखन लगाएतका कारण कुरुप देखिएकाले सरसफाई सहित रचनात्मक कार्य गरिएको सञ्जालका दिपक शर्माले बताए । उनका अनुसार बेनीका विभिन्न चोकबाट सुरु गरिएको अभियानसँगै स्थानीयलाई पोष्टर टाँस गर्न आउनेलाई सचेत बनाउन समेत अपिल गरिएको बताए ।

त्यस्तै सञ्जालले पर्यटकीयस्थल लभ्लीहिलमा समेत घुम्न गएकाले गरेको फोहोर संकलन गरी ब्यवस्थापन गरेको थियो । यूवाहरुको रचनातम्क कार्यमा सहयोग गदैं आइरहेको सिविन नामक संस्थाले समेत बाल हिंसा बाल विवाह लगाएत यूवा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको छ ।