हस्तलेखन प्रतियोगितामा माउण्टकी थजाली प्रथम, वेष्ट पोइन्टकी गर्बुजा द्धितिय

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित नेपाल तथा अंग्रेजी हस्तलेखत प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय माविकी छात्रा एलिना थजाली प्रथम भएकी छन् । बेनी सामुदायिक माविले विद्यार्थीकोहरूको हस्तलेखनमा उत्प्रेरणा जगाउन तथा हस्तलेखनलाई सफा र आर्कषक बनाउन आयोजित नगरस्तरीय प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय माविकी दिपा गर्बुजा, तृतिय बुद्ध एकेडेमकी भावना थापा भएकी छन् ।

प्रतियोगितामा बेनी सामुदायिक माविकी सुस्मिता पुन र माउण्ट एभरेष्ट आमाविकी रक्षा पौडेलले सान्त्वना स्थान हात पारेको बेनी सामुदायिक माविका प्रधानध्यापक दिपक श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा विजेता,उपविजेता, तृतिय र सान्त्वनाले क्रमश ३ हजार, २५ सय, २ हजार र १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा विजेतालाई बुधबार एक कार्यक्रमका बीच विद्यालयमा पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विजेता थजालीले सफा अक्षरका लागि निरन्तर मेहनत आवश्यक भएको बताईन् । उनले प्रतियोगितामा उत्कृष्ट भएपछि आफ्नो हस्तलेखनलाई थप सुधार गर्ने चुनौती थपिएको बताईन् । गत जेठ महिनाको ३० गते सम्पन्न भएको प्रतियोगिताको नतिजा सार्वजनिक गरेसँगै पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा नगरपालिका भित्रका नीजि तथा सामुदायिक गरी १२ विद्यालयको सहभागिता रहेको थियो ।

बेनीमा विद्यार्थीको अध्ययनमा थप सहज हुने गरी हस्तलेखन तालिम समेत सञ्चालन गर्ने गरिएको छ । हस्तलेखनले विद्यार्थीको मस्तिष्क र भिजुल्याइजेसनका कारण शिक्षा तथा अन्य गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले पनि विद्यालयले आगामी दिनमा समेत रचनात्मक प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ ।