सञ्चार माध्यमको शब्दकोषबाट ‘तपाई’ हरायो ? : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चार माध्यमहरुमा प्रयोग गर्ने भाषा प्रति आपत्ति जनाउनु भएको छ । पछिल्लो समय आचार संहिता नै विर्सिएर कस्तो भाषा प्रयोग गर्ने भन्ने विषय नै विर्सिएको भन्दै उहाँले व्यङग कस्नुभयो : हाम्रो टेलिभिजनहरुमा तपाई भन्ने शब्द नै छैन ? नेपाली काँग्रेसले बेल घेराउ गरेर संसद अवरुद्ध गरेपछि निकै आक्रोशित देखिनु भएका प्रधानमन्त्री ओलीको निशानामा काँग्रेस मात्र नभइ नेपाली सञ्चार माध्यम पनि परे ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सञ्चार माध्यम अझ विशेषत टेलिभिजनमा प्रयोग भएको भाषाप्रति निकै लामो गुनासो गर्नुभयो । उहाँले सञ्चार माध्यमकै शिको गरेर सामाजिक सञ्जालमा पनि समाजले पचाउन नसक्ने शब्दहरु प्रयोग हुन थालेको भन्दै आपत्ति प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई समेत फेसबुक किन बनाएछु भन्ने हिनता बोध भएको भन्दै सामाजिक सञ्जालको वेथिति प्रति व्यङ्ग गर्नुभयो ।

आजको नेपालको संस्कार संस्कृति कता पुग्दै छ भन्ने विषयमा चिन्ता व्यक्त गर्दे उहाँले भन्नुभयो ‘ त्यसको प्रत्यक्ष असर बालबालिकामा समेत पर्ने छ , सम्मान गर्न विर्सिदै जाँदा पछिल्लो पिढी त्यस्को प्रत्यक्ष प्रभावमा पर्ने छ । ’ सबैलाई तिमी भन्ने भाषा प्रयोग हुन थालिसकेकोप्रति आपत्ति जनाउदै प्रधानमन्त्री ओलीले अझ सञ्चार माध्यममा प्रयोग हुने भाषाले नेपाली समाजको संस्कार कता जादौ छ भन्ने कुरा स्पष्ट पार्दैछ ।’