लोकसेवाको फर्म भर्न छुट्नु भयो ? नआत्तिनुस् समय थपिएको छ

लोकसेवाको फर्म भर्न छुट्नु भएको र चिन्तामा हुनुहन्छ भने तपाईको लागि खुसीको खबर छ । लोक सेवा आयोगवाट जेठ १५ गते ५१५ वटा स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनको समय आज मंगलबार सकिदैँ छ ।

तर, आयोगको सर्भरमा चाप भएको कारण दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको भन्दै निवेदन परेको कारणले फम भर्ने अवधि थप गरिएको हो ।लोकसेवा आयोगको असार ३ गतेको निर्णय अनुसार दरखास्त लिने अन्तिम मिति असार १० गतेसम्म र असार १७ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने भएको छ ।