बेनीमा सिम्रिक एयरको हेलिकप्टर फोर्स ल्याण्डिङको प्रयास

खराब मौसमका कारण मुस्ताङबाट फर्किएको हेलिकप्टर म्याग्दीको सदरमुकाम बेनीमा फोर्स ल्याण्डिङको प्रयास गरिएको छ ।  हिमाली जिल्ला मुस्ताङबाट पोखरातर्फ जादै गरेको सिम्रिक एयरको हेलिकप्टर केहीसमय बेनीको आकाशमा फन्को लगाएपनि प्रतिकुल मौषमका कारण अवतरणमा समस्या भएपछि बागलुङतर्फ गएको म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बेनीअनलाइनलाई बताए ।

मुस्ताङबाट पोखरातर्फ जाने क्रममा एक्कासी मौसम खरावीका कारण म्याग्दीको सदरमुकाम बेनी र अर्थुङ्गेको नेपाली सेनाको ब्यारेकमा अवतरणको प्रयास गरेको थियो । करिव १० मिनेट आकाशमा देखिएको हेलिकप्टर खुल्लामञ्चमा अवरतणको प्रयास गरेपनि सफल नभएपछि बागलुङको बांगेचौरमा अवतरण गरेको थियो । मंगलबार दिउँसो एक्कासी भिषण बर्षासँगै अध्यारो भएपछि जनजीवन प्रभावित भएको थियो । यसैबीच धौलागिरी बेसक्याम्प र अन्नपूर्ण आधार क्षेत्रतर्फ पोखराबाट पर्यटक लिन जाने तयारीमा रहेका हेलिकप्टर खराब मौसमले गर्दा अचानक रोक्नु परेको बताइएको छ ।