भारतीय गाडी चेकजाँच नगरेरै नेपाल छिर्न दिन गृहमन्त्रालयकाे निर्देशन

भारतबाट नेपाल भित्रिने गाडी चेकजाँच नगरेरै नेपाल छिर्न दिन गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। मालवाहक गाडी चेकजाँच गर्दा ट्राफिक प्रहरीले दुःख दिने गरेको गुनासो आएको भन्दै गृहमन्त्रालयले यस्तो निर्दशन दिएको हो ।

झापा, मोरङ, सुनसरी र सप्तरीलगायत तराईका २२ जिल्लाहुँदै उद्योगका लागि कच्चा पदार्थ बोकेर नेपाल भित्रिने एवं मालवाहक गाडीहरुलाई गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबिना नरोक्न भन्दै मन्त्रालयस्तरको विज्ञप्ती जारी गरिएको छ ।

यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ। नक्कली प्रज्ञापन पत्र बनाई भन्सार जाँचपास हुने र सडकको भारवहन क्षमताभन्दा बढी बोक्ने सवारीलाई प्रहरीले चेकजाँच गरेर कारबाही गर्ने गरेको छ ।

गृहले पठाएको पत्रमा प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलहरुलाई दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने र २–३ दिनसम्म रोकेर राख्ने गरेको पाइएको भन्दै अबदेखि जाँच नगर्नु भनिएको छ।