मृगौलापीडित निस्कोटकी कल्पना पुनलाई यूकेबाट सहयोग

दुबै मृगौलामा समस्या देखिएपछि उपचार गराइरहेकी मालिका गाउँपालिका १ निस्कोटकी कल्पना पुनलाई यूकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । १२ बर्षकै कलिलो उमेरमा मृत्युसँग संघर्ष गरिरहेकी पुनलाई यूकेमा किसान जिसीको संयोजनमा संकलित २ लाख ६ हजार २५ रुपैयाँ आइतबार एका कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र नारायण जिसीले पीडितका बुबा बिमल पुनलाई हस्तान्तरण गरेका छन् ।

मोना यूकेका पूर्व कोषाध्यक्ष एवम् आकस्मिक कोषका संयोजक जिसीको पहलमा संकलन भएको आर्थिक हस्तान्तणको अवसरमा बोल्दै प्रजिअ अधिकारीले म्याग्दी जिल्लामा आर्थिक् अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताए । आर्थिक सहयोग अभियानमा म्याग्दी नेपालकै नमुना जिल्ला हो,‘दैनिकजस्तो एउटाको ज्यान जोगाउन सहयोग हस्तान्तरण भइरहेको हुन्छ’ प्रजिअ अधिकारीले भने ।

त्यस्तै पीडितका बुबा पुनले समाजसेवी किसान जिसीको पहलमा संकलन भएको आर्थिक सहयोगले उपचारमा धेरै राहत मिल्ने बताए । उनले विश्वभर रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएर छोरीलाई नयाँ जीवन दिने प्रयास भइरहेको भन्दै धन्यवाद ज्ञापन परेका थिए ।।पीडित पुनले पोखराको सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातमा अध्ययरत छिन् ।

छोरीको उपचार सहित मजदुरी बाटै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको तिक्लाब जीवनयापन गदैं आएका पुनले डाक्टरले आफन्तबाट नै मृगौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भएकाले पनि आर्थिक सहयोग संकलन सहित मृगौलाको प्रक्रिया अगाडी बढको छ । कार्यक्रमको सञ्चालन एवम् संयोजन गंगा स्मृति कोषका अध्यक्ष नारायण जिसीले सञ्चालन गरेका थिए ।