दुई यूवतीसहित ६ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

????????????????????????????????????

म्याग्दीको सदरमुकाम बेनीमा दुई यूवती सहित ६ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । सदरमुकाम बेनीमा हिडिरहेको अवस्थामा शनिबार साँझ साढे ५ बजे बेनी नगरपालिका वडा नं ८ न्यूरोडकी रेजिना श्रेष्ठ, रघुगंगा गाउँपालिका १ बेगका २१ बर्षिय निखिल फगामी, मंगला गाउँपालिका ३ बरंजाकी २२ बर्षिया सिता केसी, बेनपा ९ गलेश्वरका २१ बर्षिय राजकुमार शेरपुञ्जा, बेनपा ८ का २८ बर्षिय विजय बानियाँ र रघुगंगा गाउँपालिका ६ घरभई हाल बेनपा ७ मंगलाघाट बस्ने प्रविण छन्त्याललाई प्रहरीले बुद्धविहार आसपासका क्षेत्रबाट पक्राउ गरेको प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बेनीअनलाइनलाई बताए।

????????????????????????????????????

प्रहरीले अभियुक्तबाट ८६ सेट डाईजापाम, फेनेरागन, नुर्फिन समेत बरामत गरेको छ ।  थप अनुसन्धानका लागि १० दिनको म्याद समेत थप गरिएको प्रहरीले जनाएको छ ।  लागुऔषधको कारोबार भइरहेको गोप्य सुचनाका आधारमा प्रहरीले रेजिनाको समुहलाई पच्छाइरहेको थियो । विगतमा समेत लागुऔषधको प्रयोगमा नियन्त्रणमा लिइएका यूवाहरुलाई समेत निगरानी गरिरहेको अवस्थामा पहिलोपटक सदरमुकाम बेनीमै यूवतीसहित युवाहरुलाई एकैठाउँबाट नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानमा ६ जनाले नै सेवन गर्ने र आवश्यकता अनुसार विक्री समेत गर्ने गरेको पाइएको छ ।