म्याग्दी उवासंघले मृतक सदस्यका परिवारलाई हितकोषबाट ७५ हजार सहयोग

म्याग्दी उद्योग वाणिज्य संघले ब्यवसायीक हितकोषमार्फत पर्वतबेनीका अशु किनारा पसलका सञ्चालक स्वर्गीय पार्थबहादुर जिसीको परिवारलाई ७५ हजार हस्तान्तरण गरेको छ । संघले सदस्यको मृत्यु, आपतविपद् र अप्ठ्यारोमा परेका ब्यवसायीलाई राहत उपलब्ध गरी स्थापना गरेको हितकोष मार्फत शनिबार उक्त सहयोग उपलब्ध गराएको हो । स्वर्गीय जिसीको घरमा पुगेर संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य सहितको टोलीले राहत हस्तान्तरण गदैं ब्यवसायीको समस्यामा सधै साथमा रहेको बताएका थिए ।

‘ब्यवसायीलाई सुखदुखमा साथ दिन्छौ,‘हितकोषलाई थप फराकिलो बनाउँदैछौ’ कर्माचार्यले भने । ब्यवसायीक हितकोषको कार्यविधि अनुसारप्रोपाईटरको मृत्यु हुदाँ ७५ हजार, परिवारका सदस्यको मृत्यु हुदाँ २५ हजार, प्राकृतिक विपद्बाट प्रभावित ब्यवसायीलाई क्षतीको मुल्याङ्कन गरी ५० हजारसम्म राहत उपलब्ध गराउने महासचिव महासचिव लिलाराम गौतमले बताए ।
उनका अनुसार हालसम्म ११ सय ब्यवसायीले प्रतिब्यक्ति दुई हजार जम्मा गरी हितकोषको सदस्यता लिएका छन् । कुल २२ लाख जम्मा भएको कोषलाई ३० लाख पु¥याउने लक्ष्य रहेको छ ।

कोषको ब्याजबाट उद्योग ब्यवसायमा प्राकृतिक विपद्बाट क्षत्ती पुग्दा, ब्यवसायी र परिवारका सदस्यको देहावसन हुँदा सहयोग गर्ने ब्यवस्था सहितको २०७५ को कार्यविधिन बनाएर संघले लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । यसअगाडी सदस्यका परिवारको मृत्युमा राहत उपलब्ध गराइसकेकाले पनि विस्तारै कोषको सदस्यता लिनेको संख्या बढ्न थालेको छ । संघमा एक हजार ८ सयको हाराहारीमा व्यवसायी आवद्ध छन् । प्रति सदस्य एक पटक मात्र दुई हजार रुपैयाका दरले मात्र शूल्क संकलन गरिन्छ । म्याग्दी उवासंघको अभियानलाई देशका अन्य उवासंघले समेत चासो देखाएका छन् ।