दृष्टिविहिन गोपाल खत्रीलाई ४ लाख २५ हजार सहयोग

चरम गरिबीकै कारण पठनपाठन सहित घरायसी खर्च जुटाउन समेत हम्मेहम्मे परेका बेनी नगरपालिका–९ घतान तोरीपानीका दृष्टिविहिन गोपाल खत्रीको परिवारलाई स्वदेश तथा विदेशबाट करिव ४ लाख २५ हजार आर्थिक सहयोग गरिएको छ ।

आर्थिक अभावकै कारण दृष्टिविहिन खत्रीका पिताको कायकृयामा समेत समस्या भएपछि स्थानीयको प्रयासमा सुरू भएको आर्थिक संकलन अभियानमा घतान–पुला समाज अस्टेलियाका अध्यक्ष निर्मल बानियाँको सक्रियतामा २ लाख ४६ हजार, स्थानीय समुदायबाट १ लाख २३ हजार ६५५, अमेरिकामा रहेका दिनेश जिसीमार्फत ४० हजार, बेनी नगरपालिका १० हजार, गलेश्वर शिवालय क्षेत्र विकास कोष ५ हजार सहयोग संकलन गरिएको स्थानीय अगुवा गणेश बानियाँले बताए ।

उनले कार्यक्रममा सहयोगीदाताको विवरण समेत जानकारी गराएका थिए ।उनका अनुसार घरको प्रमुख आम्दानीको स्रोत बुबाको मृत्यु भएपछि अलपत्र अवस्थामा रहेका दृष्टिविहिन खत्री र बहिनीहरुको शिक्षादिक्षाका साथै घरायसी खर्चमा सहज हुने बताए । शनिबार म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी गंगा बहादुर बानियाँले अस्टेलियामा संकलन भएको सहयोग हस्तान्तरण गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा संकायमा अध्ययरत खत्रीलाई बेनीअनलाइनमार्फत समाचार प्रकाशित भएपछि चारबर्ष अगाडी समेत आर्थिक सहयोग ‘संकलन भएको थियो । खत्रीलाई बेनीको धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले चारबर्षसम्म बार्षिक आवश्यक पर्ने खर्च समेत सहयोग गरेको थियो । सात जनाको परिवारमा एक्ला छोरा खत्रीका दुई बहिनी पनि शाररीक रुपमा आपाङ छन् । बहिनी रमा दृष्टिविहिन र संगिता बहिरा छिन् ।