म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा लक्ष्मीनिधी रिजाल

म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको दोस्रो अधिवेशनबाट लक्ष्मीनिधि रिजाल(बिमल)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार क्याम्पसमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा कल्पना केसी, सचिव अर्जुन पौडेल, सहसचिव सुवास विक, कोषाध्यक्ष देवेन्द्र पौडेल, सदस्यहरूमा हरिकृष्ण गौतम, गणेश पौडेल, नविन जिसी, शैलेश श्रेष्ठ, धनबहादुर महत, विन्दु गुरूङ, हृदयकुमार श्रेष्ठ, दिर्घ रिजाल, निर्वतमान अध्यक्ष प्रकाश रेग्मी र मनोनित सदस्य रमेश बैरागी रहेका छन् ।

अधिवेशनको उद्घाटन गदैं क्याम्पस सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुबेदीले पूर्व विद्यार्थीसँग सहकार्य गरी क्याम्पसमा आवश्यक शैक्षिक सहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।‘हरेक अभियानमा पूर्वविद्यार्थीलाई जोड्न चाहन्छौ,‘विश्वभर रहेका क्याम्पसका पूर्वविद्यार्थीलाई सहकार्यको अपिल गर्दछु’ सुबेदीले भने । उनले आगामी असोज महिनामा क्याम्पसले अन्तराष्ट्रिय मान्यता प्राप्त उच्च शिक्षामा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्यूएए) कार्यक्रमको प्रमाणपत्र प्राप्त गर्ने बताए ।

मान्यतासँगै गुणस्तरीय शिक्षा तथा भौतिक पूर्वाधारमा समेत नयाँ उचाईमा पुग्ने बताए । कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पूर्व विद्यार्थीमार्फत विद्यार्थीसँग जोड्ने कार्यक्रम ल्याउन अनुरोध गरेका थिए । उनले क्याम्पसका पूर्व विद्यार्थीहरूको नियमित कार्यक्रममा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।सोही अवसरमा स्ववियू कार्यवाहक सभापति इश्वर सुबेदी, पूर्व स्ववियू सभापति खुमबहादुर बानियाँ, बिविएस प्रथम ब्याज–२०६४ का हरिकृष्ण गौतमले मन्तब्य राखेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, क्याम्पसका प्रध्यापकहरूका साथै रेडक्रस सोसाईटी सभापति लेकबहादुर हमाल लगाएतको उपस्थिीति रहेको थियो । पूर्व विद्यार्थी तर्दथ समितिका अध्यक्ष प्रकाश रेग्मीको अध्यक्षता, सदस्य शैलेश श्रेष्ठको स्वागत र कोषाध्यक्ष कविता सुबेदीको सञ्चालनमा सम्पनन भएको उद्घाटन कार्यक्रममा विद्यार्थी लीलामति पुर्जाले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन् । क्याम्पस पूर्व विद्यार्थी संघका नवनिर्वाचित अध्यक्ष रिजालले क्याम्पसभित्र विद्यार्थी केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताए ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Saturday, June 15, 2019

उनले विद्यार्थीलाई विभिन्न तालिम सहितका गतिविधिमा सहभागी बनाउँदै विपन्न विद्यार्थीलाई निशुल्क शिक्षाका सहयोगी भूमिका खेल्ने बताए । २०४८ सालमा स्थापना गरिएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल झण्डै १ हजार जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा स्नातक तहमा बिहान तथा दिउँसोको समयमा अध्ययन अध्यापन हुँदै आइरहेको छ भने गएको वर्षदेखि बिबिएसतर्फ स्नातकोत्तर तहमा बिहानी कक्षा समेत सञ्चालन भैरहेको छ ।