अर्थुङ्गेमा आयोजित रक्तदानमा ३० पिन्ट रगत संकलन

विश्व रक्तदान दिवसको अवसरमा अर्थुङे यूवा क्लवले रक्तदान कार्यक्रम गरेको छ । ‘अरुका लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं भन्ने सन्देश फैलाउन आयोजित कार्यक्रमको उद्घाटन गदैं नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति लेकबहादुर हमालले रक्तदान नै जीवनदान भएको बताए । उनले रक्तदानमार्फत एकले अर्कालाई बचाउनु मानवीय कार्य समेत भएको बताउँदै रक्तदान कार्यलाई समाजमा सकारात्मक सन्देशका रुपमा लैजानुपर्ने बताएका थिए ।

म्याग्दी रक्तदान कार्यक्रममा धेरै अगाडी छ,‘ग्रामिण क्षेत्रमा समेत रक्तदानप्रति आर्कषण बढेको छ’ हमालले भने । दिवसको अवसरमा बेनपा ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, रेडक्रस म्याग्दीका उपमन्त्री सुरत केसी लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लव सचिव सुवास विश्वकर्मा र अध्यक्षता शिशिर शाहीले गरेका थिए । क्लवले गाउँमा खेलकुद सहित सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय छ ।

गाउँमा खेलकुद, सडक मर्मत, विपन्नलाई सहयोगका साथै स्थानीय संघसंस्थासँग सहकार्य गरी विभिन्न काम गर्ने गरेको क्लवले आयोजित रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो । जसमा पहिलोपटक रक्तदान गर्ने २५ जना रहेका छन् । वि. श २०६५ सालमा जिल्ला अस्पताल परिसरभित्र स्थापन भएको रक्तसञ्चार केन्द्रमा बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेको छ । म्याग्दी जिल्लामा बार्षिक १ सय पिन्ट खपत हुने र बाँकी बागलुङ, पर्वत र कास्कीमा पठाउने गरिएको बरिष्ठ ल्याव प्राविधिक याम बहादुर थापाले बताए ।जिल्ला अस्पतालमा अप्रेसन सहितको प्रसुती सेवा सहित जटिल अप्रेसन समेत सुरु गरिएपछि रगतको खपत धेरै हुने गरेको छ ।