कुहुँका नन्द खत्रीले विद्यावारिधि गरे

म्याग्दीको एक सामुदायिक विद्यालयका प्रधानध्यापकले विद्यावारिधि गरेका छन् । मंगला गाउँपालिका–१ कुहुँ दिपशिखा माविका प्रधानध्यापक नन्दबहादुर खत्रीले समाजशास्त्र र मानवशास्त्र तथा अंग्रेजी विषयमा भारतको साइनाथ विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । गाउँकै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सक्रिय खत्रीले पाँचबर्षको मेहनतपछि बिहिबार एक कार्यक्रममा विद्यावारिधिको प्रमाणपत्र समेत दिएको छ ।

समाजशास्त्र र अंग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर तह अध्ययन गरेका थिए । प्रा. डा आर के सिंहको निर्देशन तथा विशेषज्ञतामा विद्यावारिधि गरेको खत्रीले बताए । ‘पाँचबर्षमा मैले गाउँदेखी विश्वविद्यालयसम्म गरेको मेहनतको सफलता मिलेको छ,‘बाँकी यात्रा शैक्षिक विकासमै खर्चनेछु’ खत्रीले बेनीअनलाइनलाई भने ।

उनले गाउँकै विद्यालयमा आफ्ना केहीबर्ष विताउने योजना रहेको बताउँदै पीएडी गर्न चाहनेलाई आफ्नो क्षमता अनुसारको सहयोग गर्ने समेत बताए । सोध अध्ययनलाई मुल्याङ्कनकर्ता र विभिन्न विज्ञहरूबाट प्राप्त सुझाव र सहयोगलाई आफ्नो दैनिकीमा प्रयोग गर्ने बताए । २०५२ सालमा साविकको सिंगा गाविस तातोपानी हाल बेनपा ४ मा अवस्थित नीजी विद्यालयबाट अध्ययपन क्षेत्रमा प्रवेश गरेका खत्रीले दुईबर्ष नीजी विद्यालयमा शैक्षिक अनुभव बटुल्दै २०७३ सालमा निमावी तहको अंग्रेजी विषय हुदै हाल मावि तहमा अंग्रेजी अध्यापन गदैं आइरहेका छन् ।

२०७१ सालमा मावि अंग्रेजीमा स्थायी भएका खत्री हाल दिपशिखा माविका प्रधानध्यापक समेत हुन् । गाउँमा सामाजिक सहित विकास निर्माणको क्षेत्रमा समेत सक्रिय रहेका खत्रीले नमुना मावि बनाउने अभियानमा नयाँ शैक्षिक उपलब्धीलाई प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सोध अध्ययनको क्रममा प्राध्यापकसँग सामुदायिक विद्यालयको गुणस्तर सुधारका धेरै विषयमा छलफल तथा अनुभव लिएको बताउँदै अब शैक्षिक गुणस्तरमै केन्द्रित हुने बताए ।