आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आजदेखि तीन दिनसम्म मौसम बदली सहित वर्षा हुने नेपाल बाढी पूवअनुमान महाशाखाले जनाएको छ । वर्षाका कारण प्रदेश १ को चुरे तथा पहाडी क्षेत्रका स-साना नदीहरूमा बहाव बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । देशका ठूला तथा मझौला नदीहरूमा भने ठूलो बहावको सम्भावना नदेखिएकाे पनि महाशाखाले जनाएकाे छ ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

जेष्ठ ३१, २०७६ः
आज, भोली र पर्सी देशको खासगरी पूर्वी क्षेत्रमा मौसम बदली सहित वर्षा हुने।
पर्देश १ को चुरे तथा पहाडी क्षेत्रका स-साना नदीहरुमा बहाब बढ्न सक्ने हुंदा तटिय क्षेत्रमा सतर्कता जरुरी।
आगामी तीन दिन देशका ठुला तथा मझौला नदीहरुमा भने कुनै ठुलो बहाबको संभावना देखिदैन।

See Nepal Flood Alert! नेपाल बाढी सूचना!’s other Tweets

मौसम पूर्वानुमान महाशाखाले  पनि पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्ताे छ तीन दिनकाे माैसम

जेठ ३१ गते (शुक्रबार)
देशकको मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशकको मध्य पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार १ गते (आइतबार)