सार्वजनिक यातायातको भाडा तत्काल नबढ्ने

सरकारले असार १ गतेदेखि बढाउने भनिएको सार्वजनिक यातायातको भाडा तत्काल लागू नहुने भएको छ।यो निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ।

तोकिएको नयाँ भाडादर तत्काल लागू नहुने भएको हो। यातायात व्यवस्था विभागले अधिकतम् १२ प्रतिशत भाडा बढाएको थियो। यस्तै, ट्याक्सीको हकमा पहिलो एक किलोमिटरमा ५० रुपैयाँ निश्चित गरिएको थियो। त्यसपछिको प्रति दुई सय मिटरमा ८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको थियो।