सार्वजनिक यातायातको भाडा बढ्यो

सरकारले असार १ गतेदेखि लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताउनु भयो । उहाँका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरिएको हो । नयाँ बढेको भाडादमा सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।