दोबाका विपन्न बालबालिकालाई छत्रपाटी निःशुल्क चिकित्सालको सहयोग

चरम गरिबीकै कारण बुबाले आत्महत्या गरेपछि पढाई छोडेर मेलापातमा जाने गरेकी अन्नपूर्ण गाउँपालिका–१ दोबाकी कुमारी राम्जालीलाई काठमाण्डौको छत्रपाटी निःशुल्क चिकित्सालयले ५० हजार सहयोग गरेको छ । दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै ओमबहादुरले आफ्नो कमाईले श्रीमति, पाँच छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले सुटुक्क घरबाट निस्किएर आत्महत्या विचल्लीमा परेका राम्जाली परिवारका बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि छत्रपाटी चिकित्सालयका अध्यक्ष विजय बहादुर मालीले चिकित्सालयकै कर्मचारी मिनु जोशीमार्फत सहयोग हस्तान्तरण गरेका हुन् ।

असाहयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका चिकित्सालयले पीडित राम्जालीको समस्या समाधानका लागि कोषमार्फत सहयोग गरेको अध्यक्ष मालीले बताए ।‘समाचार पढ्दा भाबुक बने,‘बालबालिकालाई तत्काल खाद्यान्न सहित आवश्यक खर्चका लागि सहयोग गरेका छौ‘ मालीले भने । चिकित्सालयले असाहयलाई निशुल्क सेवाका साथै अलपत्र परेका बालबालिकालाई शिक्षादिक्षा, लत्ताकपडा समते सहयोग गर्ने गरेको छ ।

चिकित्सालयले म्याग्दीकै बेनी नगरपालिका वडा नं २ हाँडेभीरमा मानसिक रोगका कारण आमाले आत्महत्या गरेपछि विचल्लीमा परेका चार बालबालिकालाई नगद १० हजार तथा लत्ताकपडा गरी कुल २२ हजार सहयोग हस्तान्तरण गरिएको थियो । ‘बालबालिकालाई नै सहयोग गर्ने कोष रहेको छ,‘नाफारहित समुदायमा आधारित संस्थामार्फत निरन्तर सहयोग गर्नेछौ’ चिकित्सालयकी कर्मचारी मिनु जोशीले भनिन् ।

उनले म्याग्दीका दुईवटा घटनामा पीडितलाई राहत संकलन तथा वितरणमा अगुवाई समेत गरेकी थिईन् । यता गरिबीका कारण अमबहादुरले संसार छोडे पनि उनको परिवारलाई दुःखले छोडेको छैन् । स्वर्गीय अमबहादुरको परिवारलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा पुनले तत्काल १० हजार सहयोग गदैं भविस्यमा पनि थप सहयोगको प्रतिबद्धता जनाएका छन् । ‘मैले प्राप्त गर्ने सरकारी सेवासुविधाबाट विपन्नको हितमै खर्च गर्नेछु,‘गरिबीकै कारण पढाईमा असर गरेका बालबालिकालाई खोजीखोजी सहयोग गर्छु’ पुनले भने ।

घरको प्रमुख आम्दानीको स्रोत बुबाले आत्महत्या गरेपछि जेठी छोरी कुमारीको उच्च शिक्षा छोडेर अपाङ आमा सहित चारभाईबहिनीको शिक्षादिक्षामा खर्च जुटाउने गरेकी छन् । गाउँकै विपन्नमा पर्ने उनीहरू आफन्तको घरमा बस्दै आएका छन् । विहानबेलुकी खाना समेत नहुदाँ साप्ताहिक रुपमा विहान र बेलुकीमात्रै घरमा चुल्हो बल्ने गरेको छ । यसैबीच राम्जाली परिवारलाई दोबाबाट विभिन्न देशमा पुगेका दोबाबासीले समेत आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् । कुमारीको नाममा गरिमा विकास बैंक पोखरेबगर शाखामा खाता समेत सञ्चालन गरिएको छ ।