रघुगंगाको पिप्ले, भगवती र पाखापानीमा तालिम केन्द्र स्थापना गरिने

रघुगंगा गाउँपालिकाले तीनवटा तालिम केन्द्र स्थापना गरी बेरोजगार यूवा तथा गृहणीलाई सीपमूलक तालिम दिने भएको छ। स्थानीय बजारका साथै जिल्लाभित्र रोजगारको ग्यारेन्टी हुने किसिमका तालिम सञ्चालन गर्न गाउँपालिका भित्र तीनवटा ब्यवस्थित तालिम हल सहित आवश्यक संरचन बनाउने भएको हो । सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा स्थानीयस्तरमा आवश्यक पर्ने जनशक्ती अदक्षय हुदाँ जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेकाले वडा नं २ भगवती, वडा नं ३ पिप्ले र वडा नं ६ पाखापानीमा तालिम केन्द्र स्थापना गरिने गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताए ।

’स्वदेशमै रोजागरी मिल्ने तालिमलाई प्राथमिकता दिएका छौ,‘बाध्यताले विदेश जाने यूवालाई पनि सीपसँगै जाने गरी तालिम सञ्चालन हुन्छ’ भण्डारीले भने । उनले म्याग्दीबाट दैनिकजसो रोजगारको खोजीमा विदेश पलायन हुने यूवालाई मासिक कम्तीमा ३० हजारसम्म आम्दानी गर्ने वातावरण सिर्जन ागर्न विभिन्न सीपमूलक तालिम सञ्चालन गरी भविस्यमा गाउँपालिकाको पहलमा आवश्यक परे कलकारखाना विस्तारमा समेत सहयोग गर्ने बताए । आगामी आर्थिक बर्षमा भगवती वा पिप्लेको १ र पाखापानीमा केन्द्र सञ्चालन गरिने बताए ।

पाखापानीको केन्द्रमा झिँ र कुईनमंगलेलाई समेट्ने गाउँपालिकाले जनाएको छ । केन्द्रमा सिलाई कटाई, कार्पेन्टर, ब्यवसायीक पशुपालन, कृषि, होजियारी, विकास निर्माणको क्षेत्रमा आवश्यक पर्ने जनशक्ती सहित विविध सीपमूलक तालिम सञ्चालन गरिने छ । आगामी आगामी असार ५ गते हुने गाउँसभामा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव अनुमोदन हुने छ। आगामी बर्षको नीति तथा कार्यक्रममा ५ लाखभन्दा कम बजेटका योजना नभएकाले पनि तालिम केन्द्रमार्फत गाउँपालिकाभित्रका योजनामा समेत सघाउ पुग्ने गरी जनशक्ती उत्पादन गर्न सहज हुने जनप्रतिनिधिको अपेक्षा छ ।