दग्नामका यूवाले गाउँमै रोजगारी पाए, प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नं ४ दग्नामबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले श्रमिकलाई औजार दिएर कार्यक्रमको सुरुवात गदैं गाउँपालिकाभित्र बेरोजगारीको अन्त्य गर्ने गरी यूवालाई रोजगार कार्यक्रममा जोड्ने बताए । ‘यूवाको सीपलाई गाउँपालिकाले किन्छ,‘विदेशबाट फर्किएका यूवाहरुको सीपलाई समुदायमा हस्तान्तरण गछौ’ भण्डारीले भने ।

उनले गाउँपालिका भित्रका ८ वटै बडाका बस्तीबस्तीमा रहेका यूवालाई विकास निर्माण सहित रोजगारीमुलक कार्यक्रममा सहभागी गराउने बताए । कार्यक्रमको अवसरमा दग्नाममा १६ जनालाई २१ दिने रोजगारी ग्यारेन्टी गरिएको छ । दक्षलाई प्रतिदिन १ हजार र अदक्षलाई ७५० रुपैयाँ तोकिएको छ । दग्नाममा सुरु भएको कार्यक्रममा श्रमिक उदबहादुर गर्वुजाको संयोजकमा सोमबार देखि कान्छी गाउँ संरक्षण योजनामा ग्याविन लगाउने काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । उनका अनुसार गाउँपालिकाभित्र करिव ७ सय जनाले फारम भरेका छन् ।

रोजगारी कार्यक्रम अन्तरगत गाउँपालिकामा २९ लाख बजेट आएको छ त्यसमध्ये ७० प्रतिशत पारिश्रमिक २५ बाह्य सामाग्री ३ प्रतिशत औजार खरिद र १ प्रतिशन कन्टन्जेन्सी काटिने गरि बिभाजन गरिएको र वडा अध्यक्षको रोवरमा रहेर एक जना श्रमिक नेता छानेर श्रमिकको रेखदेख लगायतको समस्यालाई समाधान गर्ने बनाउने र एक जना कर्मचारीलाई अनुगमनमा खटाउने प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा प्रमुख पबित्रा भण्डारीले बताईन् । गाउँमै रोजगार पाएपछि स्थानीयस्तरमा बेरोजगार रही बसेका युवा खुशी बनेका छन् । युवालाई आवश्यक प्राथमिक उपचार र झोलालगायतका साम्रागी समेत हस्तान्तरण गरिएको छ । तस्वीर सौजन्य निर्मल खत्री