म्याग्दीका सुजन चोखाल चम्किए, शसस्त्रलाई पन्छाउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश

म्याग्दीका सुजन चोखाल सहित गण्डकीका खेलाडी चम्किदाँ चौथो प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा विभागीय क्लबको चुनौतिलाई गण्डकी प्रदेशले पन्छाएको छ । सधै विभागीय क्लबको छायाँ रहँदै आएको भलिबलमा गण्डकी प्रदेशको उद्देश्यले प्रतिस्पर्धा रोमाञ्चक बन्ने निश्चित छ। शुक्रबार भएको सेमिफाईनलमा आर्मीलाई पराजित गर्दै समूह विजेता बनेको शसस्त्र प्रहरी बललाई समूहमा उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको गण्डकीले चौथो सेट खेल्दै जितको खुशीयाली मनाएको छ ।

खेलमा आफ्नो क्षमता प्रस्तुत गर्ने प्रयासलाई थप बलियो बनाउँदै गएको चोखालले बेनीअनलाइनलाई बताए । सेमिफाईनल खेलमा विभागिय टोली एपीएफलाई ३(१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले २५(२३, २१(२५, २५(२३, २९(२७ को जित निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइकको हकदार हुने छन् ।व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार पाउने गण्डकी प्रदेशका टिम प्रशिक्षक राजकुमार गुरुंगले जानकारी दिए । टोलीमा म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतान काउलेगौँडाका चोखालले उत्कृष्ट खेल देखाएका थिए।