टेलिकम टावरबाट हामफाल्दा मृत्यु

टेलिकमको टावरबाट हामफाल्दा एक यूवाको ज्यान गएको छ । बेनी नगरपालिका वडा नं ७ मा अवस्थित नेपाल टेलिकमको टावरबाट हाम फाल्दा जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ रानीपौवाका ३५ बर्षिय राजेन्द्र बहादुर कार्कीको ज्यान गएको हो ।

शुक्रबार विहान करिव ३ बजे २५ मिटर उचाईबाट हाम फोलेका कार्कीको टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ । विहान मृत अवस्थामा भेटिएका कार्कीको पोष्टमार्टमा का लागि बेनी अस्पतालमा राखिएको छ । मृतक कार्कीले मानसिक रोगका कारण नियमित औषधी सेवन गर्ने गरेका थिए । File photo