सुटिङकी श्रेया केसीलाई भोटिङको अपिल

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडीको सुचीमा बागलुङकी श्रेया केसी (सुटिङ) लाई जिताउने अभियान सुरु गरिएको छ । चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ घोषणा गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निर्णय अनुसार ठीक १० दिन अघिबाट भोटिङ खुला भएपछि केसीलाई उत्कृष्ट बनाउन अभियान सञ्चालन गरिएको हो । केसी आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट महिला तर्फ १० मि सुटिङमा प्रथम भएकी थिईन् ।

केसीकै नाममा सो खेलमा राष्ट्रिय रेकर्ड समेत रहेको छ । विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडीको विधामा परेका ९ जना खेलाडीहरु मध्येबाट सर्वा्धिक मत प्राप्त गर्ने खेलाडीलाई मञ्चले पपुलर प्लेयर अफ दि इयरका रुपमा अवार्ड प्रदान गर्ने जनाएको छ । विजेताले नगद २५ हजार सहितका आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

खेलाडी छनौट समितिका संयोजक एवं संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीका अनुसार यस वर्षबाट थप भएको यस विधाको अवार्डमा एक मोबाइल नम्बरबाट एक दिनमा जम्मा एउटा भोट मात्र गर्न सकिनेछ । कार्यक्रममा खेलाडीकै पैसा सकेर आयोजकको कमाउने उद्देश्य नभएको ज्ञवालीको भनाई छ । त्यसैले एउटा नम्बरबाट एक दिनमा एउटा मात्र भोट मान्य हुने गरी व्यवस्था मिलाएका छौं ।’ एउटा एसएमएस पठाउन कर बाहेक ५ रुपैंया लाग्नेछ ।

‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ पोखरा सभागृहमा जेठ २४ मा हुने अवार्डमा सांस्कृतिक कार्यक्रम, खेलाडी ¥याम्प, विभिन्न खेल कौशल प्रदर्शन समेत हुनेछ । कार्यक्रमलाई बतास ब्रदर्श प्रालिले मुख्य प्रायोजन गरेको छ ।सहयोगी संस्थाहरुमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, कास्कीका गाउँपालिका, वडा, हङकङ व्युटी इन्स्टिच्युट, सामसुङ मोबाइल वल्र्ड वाइड कनेक्सन, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, जिल्ला खेलकुद विकास समिति कास्की लगायत रहेका छन् ।

” श्रेया केसि ” लाई जिताउन पोखरा स्पोर्टस् अवार्डको छोटकरी रुप PSA टाइप गरी Space दिएर 2B लेखी 33001 मा पठाउनुहुन अनुराेध गर्दछु ।