रुमकी कमला पुन राष्ट्रिय भलिबल टोलीमा छनौट

घुँडामा चोट लागेपछि अप्रेसन गरी आराम गरिरहेकी कमला पुन १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) टोलीमा छनौट भएकी छन् । म्याग्दीको जिल्लाको मालिका गाउँपालिका वडा नं ३ रुम घर भई हाल राष्ट्रिय महिला भलिबल खेलाडी पुनको घुँडाको चोट बल्झिएपछि काठमाण्डौस्थीत बि एण्ड बि अस्पतालमा सल्यक्रिया गरेर बसेकी पुनलाई राष्ट्रिय टोलीको २५ सदस्यीय टोलीको सूचीमा छिन् ।

जिल्लाको विकट रुमबाट उत्कृष्ट खेल प्रर्दशन गदै राष्ट्रिय टोलीमा छनौट भएकी पुन हाल नेपाल प्रहरीको लिफ्टर हुन्। ‘निको भएपछि खेलमा फर्कन्छु,‘आफ्नो क्षमतालाई देखाउन धेरै प्रयास गर्नेछु’ पुनले भनिन् । उनले केही महिना अगाडी खेल्ने क्रममा चोट लागेपछि उपचारसँगै औषधी समेत सेवन गरेकी पुनले निरन्तर दुख्न थालेपछि चेकजाँच गर्दा अप्रेसन गर्नुपर्ने अवस्था भएपनि निको भएपछि प्रतियोगिताको बन्दप्रशिक्षणमा सहभागि हुने बताईन् ।

चिकित्सकले एक महिना आराम गर्नुपर्ने बताएका छन् भने केही समय नियमित खेलमा फर्कन नहुने बताएको उनले बताईन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएकी पुन उत्कृष्ट लिफ्टर हुन् । उनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलमा आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरेकाले पनि विभागीय टोलीमा सिनियर खेलाडीसँगै सहभागि हुने गरेकी छन् । फ्याक्चर, डिसलोकेसन र लिगामेन्टमा समस्याका बीच खेलाडीलाई हौसला दिने गरी अभ्यासमा राखिने राष्ट्रिय भलिबल संघले जनाएको छ ।