म्याग्दीका राजु थकाली राष्ट्रिय भलिबल टोलीमा छनौट

म्याग्दीका राजु थकाली राष्ट्रिय पुरुष भलिबल टोलीमा छनौटमा छनौट भएका छन् । अग्लो उचाई, मिजासिलो स्वभाव र दरिलो आत्मविश्वास बोकेका थकाली नेपाल भलिबल संघले घोषणा गरेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि २५ सदस्यीय टोलीमा छनौट भएका हुन् । कलिलै उमेरमा गाउँघरमा हुने भलिबल खेलबाटै म्याग्दीको स्थापित खेलाडीको परिचय बनाएका थकाली विगत तीनबर्षदेखि विभागिय टोली अन्तरगत नेपाल प्रहरीमा आवद्ध छन् ।

विभागिय टोलीसँगै राष्ट्रिय टोलीमार्फत अन्तराष्ट्रियस्तरका खेलमा समेत उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेका थकालीले हालै सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा प्रहरीलाई उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन टिकावाङमा जन्मिएका थकाली आधारभुत तहमै गाउँघरमा कपडालाई मोजामा बेरेर साथीहरूसँग खेल्ने गरेका थकालीले राष्ट्रिय टोलीमार्फत उत्कृष्ट खेल देखाउने बताए । ‘मैले अवको भविस्य भलिबलमै देखेको छु,‘खेलबाटै सिक्दै अगाडी बढेको छु’ थकालीले बेनीअनलाइनलाई भने ।

उनले अनुभवी खेलाडी तथा प्रशिक्षकबाट समेत सिक्दै अगाडी बढेको बताए । आर्थिक समस्याका कारण केहीबर्ष रोजगारको सिलसिलामा कतारमा समेत पुगेका थकालीले त्यहाँ रहेका म्याग्दीलेहरुको साँझा संस्था म्याग्दी सेवा समाज हाल रुपान्तरिक मोना कतारमार्फत दर्जनौ खेलमा उपाधी जिताउन भूमिका खेलेका थिए ।

कम्पनीको नियमित डियुटी बाहेक विदाको समयमा खेलमै समय दिएका थकालीले घर विदामा आएपछि क्षेत्रीय खेलमार्फत बुटवलमा पुगेपछि बैदेशिक रोजगारीलाई विट मारेर भलिबल खेलमै सक्रिय भएका थिए । राष्ट्रिय भलिबल टोलीमा ओपन स्पाइकर हुन् । राष्ट्रिय टोलीबाट धेरै खेलमा सहभागि भएका शेरचनको स्पाइक विपक्षीले रोक्न मुस्किल हुन्छ । नेपाल प्रहरीमा आवद्ध भएलगत्तै अभ्यास तथा केही प्रतियोगितामै उत्कृष्ट खेल देखाएका थकालीले प्रहरीका सिनियर खेलाडीको अभावलाई मेट्ने गरेका छन् ।

पछिल्लो समय नेपाल प्रहरीको टिममा चम्किएका थकालीले हरेक प्रतियोगितामा अन्तिम समयमा खेललाई नाटकीय परिवर्तन गर्ने खुवी भएकाले पनि सिनियर खेलाडीको पोजिसनमा पर्ने गरेका छन् । थकालीले प्रहरी टोलीबाट विदा लिएर समेत मंगला गाउँपालिकाको तर्फबाट केहीबर्ष अगाडी पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा स्थानीय तहस्तरीय प्रतियोगितामा मंगलालाई उपाधी जिताउन समेत सफल भएका थिए ।

उनले फुर्सदमा र आवश्यकता अनुसार गाउँपालिकाको भलिबल तथा जिल्लास्तरीय खेलमा समेत समय दिने गरेका छन् । भलिबल प्रतियोगितामा थकाली अलराउन्डर हुन् ।उनको सर्भिस समेत निकै उत्कृष्ट छ । विपक्षीको प्रहारलाई शेरचनले अग्लो पहाड जस्तै रोक्न सक्छन् । केहीबर्ष अगाडी साक राष्ट्र बंगलादेशमा सम्पन्न भएको एशियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल खेलमा विश्वमै भलिबल खेलमा शक्तिशाली मानिने तुकिस्तानसंगको खेलमा थकालीको खेललाई अहिले पनि विभागिय टोलीमा बेलाबेलामा चर्चा हुने गरेको छ ।