अरूणा शाही राष्ट्रिय महिला भलिबल टोलीमा छनौट

अरूणा शाही राष्ट्रिय महिला भलिबल टोलीमा छनौट, १३ औं दक्षिण एसियाली खेलकुदका चमत्कारी खेलको अपेक्षा
म्याग्दीकी अरूणा शाही राष्ट्रिय महिला भलिबल टोलीमा छनौट भएकी छन् । अरूणा शाही राष्ट्रिय महिला भलिबल टोलीमा छनौट, दक्षिण एसियाली खेलकुदका चमत्कारी खेलको अपेक्षा नेपाल भलिबल संघले घोषणा गरेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि २५ सदस्यीय टोलीको प्रारम्भिक टोलीमा शाही छनौट भएकी हुन् ।

राष्ट्रिय टोलीबाट विभिन्न खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेकी शाहीलाई टोलीमा महत्वपूर्ण जिम्मेबारीको सम्भावना समेत रहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्ले स्थायी घरभई जिल्ला, साविकको अञ्चल हुदै क्षेत्रीय खेलमार्फत राष्ट्रिय खेलाडी बनेकी शाहीले म्याग्दी जिल्लाको नेतृत्व गरेर समेत गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा समेत म्याग्दीलाई स्वर्णपदक सहित गण्डकी प्रदेशमै च्याम्पियन बनाउन सफल भएकी थिईन् ।

म्याग्दीबाट महिला भलिबलको नेतृत्व गदै प्रदेशस्तरीय र प्रदेशबाट राष्ट्रियस्तरको खेलमा समेत उपाधी जिताउन निर्णायक भूमिका खेल्ने गरेकी शाहीले केही महिना अगाडी प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल खेलकुद विकास समितिको छनौट खेलमा कास्कीलाई २ का विरुद्ध ३ सेटले पराजित गरेकी थिईन् ।ओपन स्पाइकर र सेटरको भुमिकामा चमत्कारी खेल प्रर्दशन गर्न सक्ने शाही२०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेलमा प्रवेश गरेकी थिईन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले शाहीको राष्ट्रिय टोलीमा शाहीको उपस्थिती विगतमा भन्दा फरक देखिने अपेक्षा गरे । उनले यसपटक प्रारम्भिक छनौटमा कप्तान विनिता बुढाथोकी सहित नेविका चौधरी, मञ्जु गुरुङ र कोपिला उप्रेती टोली बाहिर भएकाले पनि प्रतियोगितामा शाहीले आफ्नो प्रर्दशनलाई विगतमा भन्दा धेरै उत्कृष्ट देखाउनुपर्ने बताए । ‘उदीयमान भलिबल खेलाडी जन्माएको छ,‘राष्ट्रिय भलिबल टोलीमा म्याग्देली राम्रो अवसर पाएको छ’ विश्वकर्माले भने । शाही सहित राष्ट्रिय खेलाडी राजु शेरचन र सुजन चोखाल पुरुष टोलीमा छन् ।