अन्तर स्टेट भलिबलको उपाधी ‘बेलमोण्ट पार्क भलिबल गुप्रको पोल्टामा

अमेरिकाको मिनेसोटामा आयोजित अन्तर स्टेट भलिबल प्रतियोगिताको उपाधी ‘बेलमोण्ट पार्क भलिबल गुप्रले हात पारेको छ । मिनेसोटाका भलिबल टिमले आयोजना गरेको प्रतियोगितामा बाल्टिमोरबाट सहभागि बेलमोण्ट पार्कका खेलाडीले उत्कृष्ट प्रर्दशन गदैं उपाधी जितेका हुन् । अमेरिकामा विभिन्न राज्यबाट प्रतियोगितामा सहभागिता रहेको थियो । कोलम्बस, ओहायोलाई १ का बिरुद्ध ३ सेटमा पराजित गरेको बाल्टिमोका खेलाडी चम्किदाँ ओहायाका खेलाडी रक्षात्मक बन्न बाध्य भएका थिए । बाल्टिमोरका खेलाडीले खेलको सुरुवाती चरणमै हावी भएपछि एक सेट आफ्नो पक्षमा पारेपनि ओहायोका खेलाडीलाई हम्मेहम्मे परेको थियो ।

तुलसी गिरीको कप्टानीमा मैदानमा प्रवेश गरेका बाल्टिमोरबाट सहभागि भएका अधिकांस खेलाडी म्याग्दीका हुन् ।प्रतियोगितामा सागर मल्ल, दिनेश जिसी, मनिष बानियाँ, राजकुमार पुन, हेम छन्त्याल म्याग्दीका हुन् । त्यस्तै धुव्रराज गिरी, तुल्सी गिरी, नेत्र गुरुङ खेलेका थिए ।बाल्टिमोरका खेलाडीको उत्कृष्ट खेलका कारण नेपाली ६ लाख ६० हजार धनराशीको पुरस्कार रहेको प्रतियोगिता जित्न सफल भएका थिए।

प्रतियोगितामा दिनेश जिसीले बेस्ट स्पाइकर, नेत्र गुरुङले बेस्ट ब्लकर, मनिष बानियाँले बेष्ट प्लेयर र राजकुमार पुनले बेष्ट सेटरको उपाधी समेत प्राप्त गरेको बेलमोण्ट पार्क भलिबल गुप्रका प्रेम सिकेले बेनीअनलाइनलाई बताए । ‘अमेरिकामा यो ठूलो धनराशीको प्रतियोगिता हो,‘बाल्टिमोरका खेलाडीले आफ्नो क्षमता देखाउन सफल भएका छन्’ सिकेले भने । यता प्रतियोगितामा उत्कृष्ट स्पाइकर हुने जिसी समेत विभिन्न खेलमा उत्कृष्ट घोषित भएका खेलाडी हुन् ।

म्याग्दीमा समेत भलिबलमा खेलमा उत्कृष्ट खेलाडीको रुपमा चिनिएका जिसीले अमेरिकामा आयोजित विभिन्न खेलमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । ठुलो संख्यामा नेपालीको बसोबार रहेको अमेरिकाको बाल्टिमोरमा बाल्टिमोर पार्क भलिबल गुप्रले हिन्दु तथा बौद्ध मन्दिरमा करिव १५ लाखको खेलमैदान, नेपालमा हुने विभिन्न सामाजिक तथा खेलकुद प्रतियोििगतामा सहयोग गदैं आइरहेको छ । त्यस्तै बाल्टिमोरमा आयोजना हुने विभिन्न धार्मिक, सांस्कृतित तथा मेलापर्वहरुमा समेत सहभागीता जनाउने गरेको छ ।