तेक्वान्डो प्रतियोगितामा म्याग्दीबाट ११ खेलाडी प्रतिस्पर्धा गर्ने

काठमाण्डौमा हुने पाँचौ राष्ट्रिय सिएच आइ टि एफ तेक्वान्डो प्रतियोगितामा म्याग्दीबाट एघार जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा प्रतियोगिताका लागि छनौट भएका खेलाडीलाई बिहिबार एक कार्यक्रम गरी विदाई गरिएको छ । विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई बेनी सामुदायिक माविमा सम्मान सहित विदाई गरिएको हो ।

प्रतियोगितामा विवेक किसान, सञ्जन श्रीष, एन्जल मगर, सुदिप गोतामे,अरुण मगर, आशिष क्षेत्री, अर्जुन गुप्ता, अप्सोज खत्री, माईकल विक अरुण शाही र इच्छा किसान रहेको प्रतियोगिताका कोच समिर रुम्वाले बताए । उनका अनुसार प्रतियोगितामा स्वर्ण पदक सहित धेरै पदक जित्ने गरी अभ्यास गरिएको बताए । प्रतियोगिताका अर्का कोच शुसिलकुमार श्रेष्ठ रहेका छन् ।