भलिबल खेलाडी कमला पुनको घुँडामा चोट

राष्ट्रिय भलिबल खेलाडी कमला पुनको घुँडामा चोट लागेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नं ३ रुम घर भई हाल राष्ट्रिय महिला भलिबल खेलाडी पुनको घुँडाको चोट बल्झिएपछि काठमाण्डौस्थीत बि एण्ड बि अस्पतालमा भर्ना भएकी छन् ।

जिल्लाको विकट रुमबाट उत्कृष्ट खेल प्रर्दशन गदै राष्ट्रिय टोलीमा छनौट भएकी पुन हाल नेपाल प्रहरीको लिफ्टर हुन्।‘समान्य चोटजस्तो लागेको थियो, धेरै दुखेपछि उपचार गर्दा अप्रेसन गर्नुपर्ने देखियो’ पुनले बेनीअनलाइनलाई भनिन् । केही महिना अगाडी खेल्ने क्रममा चोट लागेपछि उपचारसँगै औषधी समेत सेवन गरेकी पुनले निरन्तर दुख्न थालेपछि चेकजाँच गर्दा अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएको बताईन् ।

चिकित्सकले नियमित चेकजाँचपछि शुक्रबार अप्रेसन गर्ने बताएसँगै उनी भर्ना भएकी छन् । औषधीको प्रयोग गरी खेल्ने भएकाले पनि समान्य समस्या बल्झिदाँ लामो समयसम्म बेडमै आराम गर्नुपर्ने समस्याले नियमित खेलमा उपस्थितीमा समस्यता हुने गरेको पुनको भनाई छ ।राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएकी पुन उत्कृष्ट लिफ्टर हुन् । यसैबीच अप्रेसन तथा उपचारमा खेलप्रेमीले आर्थिक सहयोग गरेका छन् ।

पुनको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता तथा ब्यक्तिगत रुपमै भेटेर समेत सहयोग गरेका हुन् । भलिबल खेलमा राष्ट्रियस्तरको पहिचान बनाएकी पुनको उपचारका साथै खेलकुद भविस्यका लागि रुम घरभई हाल इजरायल रहेकी विष्णु पुनमगरले १० हजार सहयोगको घोषणा गरेकी छन् । उनले आफ्नै गाउँकी चेली खेलक्षेत्रमा उत्कृष्ट हुदाँ गाउँकै परिचय स्थापित भएकाले सहयोग गरेको बताईन् । खेलाडीको अधिकांस समस्या फ्याक्चर, डिसलोकेसन र लिगामेन्टमा समस्या हुने गरेको छ ।