बाउको बिडो थाम्दै रूकप्रसाद रोका (भिडियो)

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरीमा एउटा परिवारले पाँचदशक यता नियमित पूजाआजा गर्ने गरेका छन् । छोराको अनुपस्थितीमा बुबा र अन्य सदस्यहरूले मन्दिरमा पुगेर दर्शन तथा मन्दिर पूननिर्माण सहितका अभियानमा सहयोग गर्ने गर्ने गरेका छन् । मालिका गाउँपालिका वडा नं ६ दुखुका तिर्थबहादुर रोकाले नै पहिलोपटक मन्दिर बनाए । लगातार पाँच छोरी भएपछि रोकाले छोराको कामना गदैं बि.श २०२५ सालमा मन्दिर बनाए ।

ढुङ्गा सहित निर्माण साम्रागीको प्रयोग गरी मन्दिर बनाए । बि.श १९६६ सालदेखि नियमित पूजा हुने गरेको मन्दिरमा तिर्थबहादुरले पाँचवटा छोरीपछि बि.श २०२७ सालमा रुकप्रसाद जन्मिएपछि निरन्तर मन्दिरको मर्मत तथा आवश्यक सहयोग गर्ने गरेका थिए । तीर्थबहादुर स्वास्थ्यका कारण आवतजावत गर्न नसक्ने भएपछि रुकप्रसादले २०७५ सालमा मन्दिरको पूननिर्माण सहित आसपासका बाटो मर्मत गरेका थिए । ‘बुबाको कार्यलाई निरन्तरता दिइरहेको छु,‘आमाबुबाले मन्दिरमै आएर मलाई माग्नुभएको थियो’ मन्दिरमा भेटिएका रुकप्रसादले भने ।

उनले मन्दिरमा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । ‘मन्दिरमा बुबाको बिडो थाम्छु,‘सानो भएपनि नियमित सहयोग गर्छु’ उनले भने । मन्दिरसम्मको पदमार्गको मर्मत सहित आवश्यकता अनुसार गाउँपालिकालाई समेत सघाउने प्रतिबद्धता जनाए । पहिलोपटक आफ्नै परिवारको सहयोगा मन्दिर बनाएको लामो समयसम्म रुकलाई लिएर तिर्थबहादुर समेत मन्दिरमा पुगेका थिए । उनले छोराको उपस्थितीमै मन्दिरको पुननिर्माण गरेका थिए। मन्दिरमा भक्तजनलाई ब्यवस्थापनदेखि पूजामा समेत रोका परिवारको सक्रियता छ ।

त्यस्तै मन्दिरको महिमा बढदै जान थालेपछि उनैको परिवारले २०३७, २०५७ र २०६४ सालमा पटकपटक पुननिर्माण परि पछिल्लो समय पलास्टर गरि सिमेण्टेड मन्दिर बनाएर पूजारीलाई समेत सहयोग गर्ने गरेको दुखुबासीको भनाई छ । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा अवस्थित मन्दिरमा मालिका,जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वास लिएर भक्तजन पुग्ने गरेका छन् । प्राकृतिक दृष्यको धनी, धार्मिक दृष्टिले प्रसिद्ध कमाएको पवित्रस्थलको रुपमा स्थापित भएको छ । जिल्लाको मंगला, मालिका र रघुगंगा गाउँपालिकाका विभिन्न रूटबाट पदैलमार्ग हुदै मन्दिरमा पुग्न सकिन्छ ।