गूर्जाका अम्मर छन्त्याल एनआएरनए अमेरिकाको वोर्ड अफ डाइरेक्टरमा निर्वाचित

धवालागिरि गाउँपालिका–१ गुर्जाका अम्मर छन्त्यालले एनआएरनए अमेरिकाको वोर्ड अफ डाइरेक्टरमा अत्याधिक मतले निर्वाचित भएका छन् । लामो समय देखि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका समाजसेवी तथा म्याग्दी समाज अमेरिकाका पूर्व अध्यक्ष छन्त्याल सुनिल कुमार शाहको प्यानलबाट अत्याधिक मतले निर्वाचत भएका हुन् ।

आदिवासी जनजात्ीहरु मध्ये अल्पसंख्यक जातिको रुपमा सूचिकृत छन्त्याललाई अध्यक्षको प्रत्यासीमा रहेकाले आफ्नो प्यानलबाट उम्मेदवारीको प्रस्ताव गरेका थिए । ‘एनआएरनएमार्फत काम गर्ने केही योजनाहरू छन,‘निर्वाचित भएपछि आफ्नो भिजनलाई नेतृत्वसमक्ष पु¥याउँछु’ छन्त्यालले बेनीअनलाइनलाई भने ।

उनले आफ्नो उम्मेदवारीमै म्याग्दी र अल्पसंख्यको हककितको सवाल र समावेशी एन आर एन अमेरिकाको लागि योगदान भन्ने नाराबाट समेत एनआरएनकर्मीले साथ दिएको बताए । दुई वर्षका (२०१९ देखि २०२१) लागि भएको मतदानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यकालमा आफ्नो तर्फबाट नेपालीको हितमा निरन्तर काम गर्ने बताए । विकट गूर्जाका विभिन्न सामाजिक कार्यमा प्रवासबाटै सहयोग गर्ने गरेका छन्त्यालले गुर्जाको पर्यटनको क्षेत्रलाई थप प्रचारप्रसार गर्ने बताउँदै आगामी बर्ष गूर्जाका कार्यक्रमको योजना बनाएको बताए । उनले जन्मभूमिमा धार्मिक तथाा पर्यटन, शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गर्ने बताए । छन्त्याल करिव दुईदशक देखि अमेरिकामा रेष्टुरेन्ट ब्यवसायी हुन् ।