चिकित्सकको लापरबाहीले अप्रेसन गर्दा नागीका श्रीप्रसाद पुनको आन्द्रामा प्वाल

पोखराको ‘निदान आयुर्वेद क्लिनिक’ का चिकित्सकहरुले उपचारको क्रममा लापरबाही गरेको कारण म्याग्दीका एक विरामीको अवस्था गम्भीर भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे नागी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटका १८ बर्षिय श्रीप्रसाद पुनको ठुलो आन्द्रामा प्वाल परेपछि बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् ।

सामान्य विरामी अवस्थामा उक्त क्लिनकमा उपचार गराएका उनलाई थप उपचारका लागि मनिपालमा पु¥याएपछि ठुलो आन्द्रामा प्वाल परेको देखिएपछि आन्दोलित भएको स्थानीय कमल पुनले बेनीअनलाइनलाई बताए । उनका अनुसार आइतबारदेखि सुरु भएको आन्दोलन सोमबार समेत विरामीको उपचार सहित दिर्घकालिन राहतको माग गरिएको छ ।

बिरामीको आन्द्रा फुटेर फोहोर यताउति निस्किएको आफन्तले जनाएका छन् । क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्यासमेत भएको बताए पछि अप्रेसन गरिएको थियो । अप्रेसन गरेपछि झनै समस्या बढ्न थालेपछि क्लिनकबाट गत वैशाख १० गते ‘मनिपाल अस्पताल’मा रेफर गरिएको थियो ।

विरामीको स्वास्थ्य माथि खेलबाड गरेको भन्दै बिरामीको भविष्यको जिम्मेवारी लिएर सम्पूर्ण उपचार खर्च क्लिनिकले बेहोर्नु पर्ने बिरामीको आफन्तले माग गरेका छन् । आन्दोलनको ‘नेतृत्व नेपाल पुनमगर संघ, कास्कीले गरेको छ । आन्दोलनका अगुवा खेम पुनमगरले आफुहरुकोे माग पुरा नगरे झनै वृहत आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । भने क्लिनिकमा ताला समेत लगाई दिएका छन् ।