नेपालमानै अनौठो महोत्सव हुने भएको छ । हिमाल पारिको ठाउ त्यो पनि गुफा गुफा पनि सात तलाको त्यही गुफामा नेपालमानै पहिलो पटक महोत्सव हुने भएको छ । हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ नजिकै रहेको सात तले छोसेर गुफामा पहिलो पटक लोमान्थाङ महोत्सव हुने भएको छ ।

समुन्द्री सतहदेखी ३७ सय ५० मीटर उचाइमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङ छोसेर गुफामा लोमान्थाङ गाउ पालिकाको आयोजनामा पहिलो पटक लोमान्थाङ महोत्सव हुने आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै लोमान्थाङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुसिल अर्याललले कृषि, खेलकुद, संस्कृति, गुफा अनी दरबार, प्रथम लोमन्थाङ गाउपालिका महोत्सव पर्यटनको आधार भन्ने नाराका साथ हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा पहिलो लोमान्थाङ महोत्सवको आयोजन ागर्न लागेको वताए ।

आगामी जेठ १६ देखी १९ गते सम्म आयोजना हुने महोत्सवले गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ र पर्यटन वर्ष २०२० लाई टेवा पुर्याइ लोमान्थाङ गाउपालिका भित्रका पर्यटकीय गन्तब्यलाई विश्वभर प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङमा भित्रयाउने । लोमान्थाङ क्षेत्रको स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

महोत्सवका आकर्षणहरुमा गुफामा बसी, गुफामा खाने र रमाउने केभ रेष्टुरेण्टको अनुभव लिन पाइने, याकमा सवार, कोराला नाकाको भ्रमणको अवसर , स्थानीय भेषभुषा सहितको मौलिक घोडा दौड प्रतियोगिता, होर्तो प्रतियोगिता, स्थानीय मौलिक भेषभुषा सहितको मौलिक संस्कृतिक कार्यक्रम, तिर हान्ने प्रतियोगिता, स्थानीय खानाहरुको खाना उत्सव रहेको मुस्ताङबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले वताए ।

विष्टका अनुसार महोत्सवका सहभागीहरुले उपल्लो मुस्ताङको ऐतिहासिक पर्व तिजी मेलाको समेत अवलोकन गर्न पाउनेछन । लोमान्थाङ गाउपालिका वडा नम्बर १ झोङ गुफा परिसर र लोमान्थाङ ५ दरवार परिसरमा हुने महोत्सवमा नेपाल पर्यटन वोर्ड, गण्डकी प्रदेश सरकारले प्रवद्र्धक रहेको छभने सह आयोजना अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको रहेको छभने मिडिया पार्टनरमा एबिसी न्युज टेलिभिजन रहेको छ । Source: .meroheadline.com

Leave a Reply