कांग्रेसको जागरण अभियान : सुझाव र गुनास संगसंगै

नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको हिमाल,पहाड,तराई,मधेस जागरण अभियान सहित गाउँका वस्तीवस्तीमा पुगेर जनताका सुझाव र गुनासाहरु सुन्ने र पार्टीको नीति तथा आगामी कार्यक्रमका वारेमा जनतालाई जानकारी गराउने कामलाई तिब्रता दिएको छ । जेठ ३ गतेदेखि गाउँ पसेका म्याग्दी कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न समूह बनाएर जागरण अभियानलाई तिब्रता दिएका हुन् ।

यसैक्रममा नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् सभासद् रेशमबहादुर बानियाँको नेतृत्वमा खटिएको टोलीले आइतवार बेनी नगरपालिका २ ज्यामरुककोटको विमिराबोट,गौश्वार,बेनी नगरपालिका ३ को तोराखेत र भकिम्लीमा घरदैलोमा नै पुगेर जनताका सुझाव र गुनासा सुन्ने र अभियानका वारेमा जानकारी दिएको छ ।सोही अवसरमा गौश्वारा,विमिराबोट र भकिम्लीमा क्रियाशील सदस्यता पनि वितरण गरेको अभियानमा संलग्न तरुणदल म्याग्दीका सचिव सुमन वानियाँले जानकारी दिनुभयो ।

जागरण अभियानमार्फत कांग्रेस हरेकको घरघर र मनमनमा पुग्ने उद्धेश्य अनुरुप संचालन गरिएको कार्यक्रममा वोल्दै टोलीका सदस्यहरुले आन्तरिक संगठन सुदृढिकरण,स्थानीय स्तरमा भएका विकास निर्माणको समिक्षा,राष्ट्रिय राजनीति र वर्तमान समसामयिक विषयमा जनतालाई जानकारी गराएका थिए ।

टोलीमा सहसंयोजक त्रिलोकचन विश्वास विक, जिल्ला कार्य समितिका सदस्य मनकुमारी विक,आमन्त्रित सदस्य लालबहादुर थापा ,तरुण दल म्याग्दीका सचिव सुमन वानियाँ,सोम हुमेन लगाएतको सहभागिता रहेको थियो ।अभियानकै क्रममा टोलीका संयोजक एवम् नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति तथा पूर्व सभासद रेशमवहादुर बानियाँले नेपाली कांग्रेसको महासमितीले हालै पारित गरेको समावेशी विधानका वारेमा पनि जनतालाई जानकारी गराउनुभएको थियो ।