मालिकाधुरीमा १ लाख १५ हजार भेटी संकलन

म्याग्दीको प्रसिद्ध मालिका मन्दिरमा अहिलेसम्मकै धेरै भेटी संकलन भएको छ । शनिबार बैशाख पुर्णिमका दिन भक्तजनले भेटी तथा बलीबापत मन्दिरमा १ लाख १५ हजार ३ सय भेटी संकलन भएको मालिका गाउँपालिका वडा नं ६ का अध्यक्ष सन्तोष सुबेदीेले बेनीअनलाइनलाई बताए । उनका अनुसार मन्दिरमा करिव ६ हजार भक्तजनले दर्शन गरेका थिए । विगतका बर्षमा ५० हजार देखि ७० हजारसम्म भेटी संकलन हुने गरेको थियो ।

मन्दिरसम्म पुग्ने पदमार्ग तथा मालिका गापा–७ बिलबाङ र रघुगंगा गापा–६ पाखापानीको ठाडाखानीसम्म सडक सञ्जाल पुगेपछि सडक र पदैलमार्ग हुदै भक्तजन मन्दिरमा पुगेका थिए ।  गतबर्षको तुलनामा भक्तजनको संख्या करिव २ हजारको हाराहारीमा बढेको अनुमान गरिएको थियो । मन्दिरमा भक्तजनको चाप बढेपछि मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजा, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, वडा नं ६ का अध्यक्षसुबेदी समेत मन्दिरमा पुगेर भक्तजनको समस्या तथा पूजा ब्यवस्थापनमा खटिएका थिए ।

मन्दिरमा जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला बागलुङ, बागलुङबाट समेत भक्तजन आएका थिए । चितवन सहित अन्य जिल्लाबाट समेत भक्तजन मालिकामा आएर पूजा गरेको ब्यवस्थापन समितिले जनाएको छ ।  मालिका,जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वासका साथ बि.श १९६६ सालदेखि नियमित पुजाआजा हुने गरेको मन्दिर बालबालिका देखी बृद्धबृद्धासम्म पुग्छन् । ।