अन्नपूर्णका वडामा नेकपाको सपथ

पोखरेबगर ४ जेठ । अन्नपूर्ण गाउँपालिकाको विभिन्न वडामा नेपाल कम्युनिष्ट पाटी (नेकपा)को पूर्ण बैठक सम्पन्न भएको छ। दोवा, भुरुङ्ग–तातोपानी र दानामा पूर्ण बैठकको क्रममा वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।

दोवामा पालिका कमिटि सचिव पूर्ण पाइजाको सञ्चालन र वडा कमिटि अध्यक्ष कुलप्रसाद पुर्जाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य वुद्धी पुनले सपथ गराउनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य बोमाया गर्बुजाले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी अन्नपूर्ण ३ दानामा शनिबार वडा कमिटि अध्यक्ष रमेश पुर्जाको अध्यक्षता र टि थापाको सञ्चालनमा भएको बैठकका क्रममा गाउँपालिका कमिटिका अध्यक्ष खड्ग गिरीले पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । जितबहादुर पुर्जाको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश फगामी, वडा अध्यक्ष नरसिङ पुर्जाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी शनिबारनै अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा पालिका कमिटि अध्यक्ष खड्ग गिरीले वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष यामबहादुर फगामीको अध्यक्षता, सचिव इन्द्र थापा र लोकबहादुर पुर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा नेकपा जिल्ला सदस्य ओमप्रकाश फगामी र वुद्धी पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।