नेकपा बावियाचौर कमिटीको सपथ

राजकुमार पाण्डे/ नेपाल कम्युनिष्ट पार्टी मंगला गाउँपालिका वडा– २ को पूर्ण बैठक तथा सपथ ग्रहण शनिबार सम्पन्न भएको छ । नेकपाका मंगला गाउँपालिका अध्यक्ष प्रेम प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बैठक तथा वडा नं २ कमिटीको सपथ ग्रहण समेत गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, नेकपा गाउँपालिका सचिव याम रोका, मंगला गापा–२ का वडा अध्यक्ष धनबहादुर खाती .लगाएतको उपस्थिती रहेको थियो ।  बैठकमा बोल्ने बक्ताले पार्टीको अभियानलाई प्रभावकारी बनाउँदै आफ्नो जिम्मेबारी अनुसार अगाडी बढ्नुपर्ने बताएका थिए। बैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष कुलबहादुर पुन र सञ्चालन सचिव चक्रलाल पाण्डे ‘राजु’ले गरेका थिए ।