तस्वीरमा मालिका दर्शन…

अग्लो पहाडमा घना जंगलको बीचमा अवस्थित, आँखामा ठोकिने हिमश्रंखला, सुन्दर ग्रामिण बस्तीहरू र प्राकृतिक सौन्र्दयताले सजिएकोे समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरको दर्शनका लागि पुगेका भक्तजनहरू ।

शनिबार बैशाख पुर्णिमाका दिन विभिन्न पदमार्ग तथा सवारीसाधनको प्रयोग गरी करिव ६ हजार भक्तजन मन्दिरमा पुगेका थिए । रातभरी ओडार, सत्तल तथा आफ्ैले ब्यवस्थापन गरेको टेन्टमा रात विताएर विहानै लाइनमा बसेर भक्तजनले दर्शन गरेका थिए । मन्दिरमा दर्शन तथा बाली दिए मालिका,जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वासका साथ बि.श १९६६ सालदेखि मन्दिर बालबालिका देखी बृद्धबृद्धासम्म पुग्छन् । तस्वीरहरु हरिकृष्ण गौतम