म्याग्दीका दुर्गम ग्रामिण भेगको मुहार फेरिदै

एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ ओटा स्थानीय तहमा समेटिएको म्याग्दीको दुर्गम ग्रामिण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामिण क्षेत्रको मुहार फेरिदै गएको छ । गाउँमा विकास निर्माणले तिव्रता पाएसंगै जनतामा पनि उत्साहा छाएको छ ।

दुई वर्ष अघिसम्म एक गाग्री पानी लिन १ घण्टाको बाटो हिडेर १ घण्टा लाइनमा कुर्नु पर्ने दुर्गम ग्रामिण भेगका घरघरमा खानेपानीको धारा निर्माण भएका छन् । पाएक पर्ने ठाउँमा स्वास्थ्यचौकी बनेको छ । नजिकको बजार वा सदरमुकाम आउन घण्टौं पैदल हिड्नु पर्ने ठाउका वासिन्दाको घर अगाडी नै मोटरबाटो पुगेको छ ।

ठाउँठाउँमा झोलुङ्गे पुल बनेका छन् भने सिंचाइका लागि नहर वा कुलो निर्माण गरिएको छ । सचिव खोज्दै २,३ दिनसम्म सदरमुकाम बेनी बजारमा धाउनु पर्ने जनताले आफ्नै वडामा जनप्रतिनिधि र कर्मचारी पाएपछि सुविधा महशुस गरेका छन् । विकासका यी सवै मापकहरु आफ्नै गाउँठाउँमा प्राप्त गर्न पाउँदा विकट गाउँका जनतामा उत्साहा छाएको हो ।

म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरी गाउँपालिकामा धमाधम विकासका कामले तिव्रता पाएको छ । गाउँपालिकाको वडा ५ मल्कावाङ्ग र वडा ६ मराङ्गमा पूर्वाधार बिकास निर्माणका योजनाहरु तिव्र गतिमा अगाडि बढिरहेका छन ।भौगोलिक रुपमा बिकट गाउँपालिकाको रुपमा रहेको यस पालिकाका सबै जस्तो वडामा आथिक वर्ष २०७५÷७६का योजनाहरु ७० प्रतिशत सम्पन्न भईसकेका छन । गाउँपालिकाको अनुगमन समितिले सबै वडाहरुमा संचालित योजनाहरुको अनुगमन सुरु गरेको छ ।

गाउँपालिकाको पनि बिकट बस्ती मल्कबाङ्ग र मराङ्गमा संचालित योजनाको अनुगमन गरिएको हो । मल्कावाङ्गमा संचालित दश वटा योजना र मराङ्गमा संचालित २५ वटा योजनाको अनुगमन गरिएको हो । दुबै वडाका योजनाको ८० प्रतिशत काम सकिएको गाउँपालिकाका प्रवत्ता एव्म अनुगमन समितिका सदस्य झकबहादुर छन्त्याले जानकारी दिए ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट बिनियोजित बजेटबाट मराङ्गको बेशी आरवाङ्ग भेडिखाल्ट हुदै रंघुगंगा गाउँपालिका ६ ठाडाखानीको उमेको डाडाँमा जोडेने मोटरबाटो बेशि मराङ्ग मलम्पार मोटरबाटो,बुल बिद्युत बिस्तार,मराङ्ग खोला झोलुङ्गे पुल निर्माण,बहुउद्धेशिय भवन निर्माण अर्गाला देखि बेशी पुग्ने सडकको पहाड फुटाउने काम भईरहेको छ ।

गाउँपालिकाको तिस लाख रुपैयाले उपभोक्ता समितिद्धारा बेशी देखि कुम्री सम्मको तिन किलोमिटर भन्दा बढी सडक निर्माण सम्पन्न भईसकेको छ । मराङ्गमा संघिय सरकारको सहयोगमा बिद्युत मार्फत केन्दीय प्रसारण लाईनको बिद्युत बिस्तार बेशीमा नदी नियन्त्रण खेलमैदान लगायतका निमार्णका कार्यहरु भईरहेको र धेरै जस्तो योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष राजराम सुबेदीले बताए ।

गाउँपालिका प्रदेश सरकार र संघिय सरकारलाई समेत गौरवको योजनाको रुपमा हामीले धवलागिरि मालिका रंघुगंगा गाउँपालिकाको उमेको डाडासंम्मको सडकको बारेमा जानकारी गराएको छौ,अवको आर्थिक वर्षमा चक्रपथको रुपमा यसलाई अगाडि लैजान सबैबाट सहयोगको अपेक्षा भएको अध्यक्ष सुबेदीको भनाई छ ।

उत्ता छन्त्याल र दलित जातिको बसोवास रहेको मल्काबाङ्गमा पनि गाउँपालिकाको अनुदानद्धारा नै १९ लाखको सामुदायिक भवन निर्माण सुरु भएको छ ।,बिद्यालय छानो छाउने योजना दलित बस्तीमा खेल मैदान, तारजाली,भेडिखाल्टमा गत आर्थिक वर्षको योजनको भनलाई पुर्णता दिईएको छ ।

मलम्पारमा एक वडा सामुदायिक भवन,गाउँ घर क्लिनिक खानेपानी ग्याविन जाली लगाउने काम अन्तीम चरणमा पुगेको छ अध्यक्ष खर्क कुमारी छन्त्यालले बताएकी छन । भवन डिभिजन कार्यालयबाट बहुबर्षिय योजना अन्र्तगत एक वर्ष देखि निर्माणधिन मल्कावाङ्ग स्वास्थ्य चौकीको भवन रोकिएको छ । खै किन हो ठेकेदारले पैसा नपाएको गुनासो गरेका छन” भवन अलपत्र अवस्थामा छ । यसलाई पुर्णता दिनको लागि सम्वधीत कार्यालय र ठेकेदारलाई लाकेता लागेका छौ,अन्य योजनाहरु उपभोक्ता समितिद्धारा सबै अन्तिम चरणमा रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए ।
ग्रामिण भेगमा कागजिकाम मात्र गरेर योजना सम्पन्न हुने साविकका गाविसहरुमा पनि स्थानिय सरकार आएपछि आफ्नो गाउँ बनाउनको लागि काम गर्नु पर्ने रहेछ भन्ने आवस जनताले गरेको स्थानिय दलमान छन्त्यालको भनाई छ । स्थानिय स्तरमा अहिले पनि जनश्रमदान गर्ने स्थानियहरु नआईदिदन समेत योजनाहरु प्रभावित भएको उनि बताउछन पहिला जस्तो बानी लागेको परिवर्तन गर्ने निकै गाहे भएको छन्त्यालको भनाइ रहेको छ ।