पत्रकारमाथि छानबिन सुरु भएको विषयमा अमेरिकाको आपत्ति

नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ ।

 

अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । ‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने । नेपाल सरकारले अर्को मुलुकको सरकारको संवेदनशीलता भन्दै स्वतन्त्र मिडियाको अधिकारीमाथि प्रतिबन्ध लगाउन खोजेको दूतावासको आरोप छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।